दैलेखमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने तयारी

दैलेख : दैलेखको नारायण नगरपालिकाले तरकारी र फलफूलमा विषादीको मात्रा तीव्र हुन थालेको गुनासो सम्बोधन गर्दै तत्कालै विषादी परीक्षण केन्द्र स्थापनाको तयारी थालेको छ । नारायण नगरपालिका र विषयगत कार्यालयहरूबाट प्रवाह भएको सेवा सुविधा विषयक सार्वजनिक सुनुवाइमा यस्तो प्रतिबद्धता गरिएको हो ।

विकासका कामहरूलाई थप पारदर्शी बनाउनका लागि हरेक योजनाहरूको ल्याब परीक्षण पश्चात् भुत्ता नि प्रक्रिया थालनी गर्ने, कृषि उपज सङ्कलन केन्द्र तत्कालै सञ्चालन गर्ने, बाँझो जमिनको सदुपयोग र युवालाई रोजगारीका अवसरहरू सृजना गर्ने नीति तथा कार्यक्रमहरू लागु गर्ने, बेरुजु फच्र्यौट गर्ने कार्यलाई प्रभावकारी बनाउने लगायतका साझा प्रतिबद्धताहरू गरिएका छन् ।

नगर प्रमुख लोमन शर्माले महावु सडक निर्माणको विषयलाई पहिलो मुद्दा बनाउँदै दैलेख र कालिकोटका ६ वटा पालिका प्रमुखहरूले साझा प्रतिबद्धता गरेको समेत जानकारी दिएका छन् । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी महेन्द्र जङ्ग शाहीले सार्वजनिक सुनुवाइले जनताका गुनासोहरूको सम्बोधन गर्ने निकै महत्त्वपूर्ण स्थान भएको बताउँदै यस्ता कार्यक्रमहरूले जनता, जनप्रतिनिधि र कर्मचारीबिचको दुरी कम गराउँदै सुशासन र पारदर्शिता अभियानमा प्रभावकारी भूमिका निर्वाह गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार